अपहरणको आरोपमा डेविट काठमाण्डुबाट पक्राउ


काठमाण्डु – अपहरणको आरोपमा डेविट भनिने दुर्गाबहादुर श्रेष्ठ पक्राउ परेका छन् । प्रहरीले अपहरणको आरोपमा डेविटलाई काठमाण्डुबाट पक्राउ गरेको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबार साँझ पक्राउ गरेको हो । उनीमाथि मलेसियमा बसेर गुन्डागर्दी गरेको तथा अपहरण गरेको आरोप छ ।

व्यूरोका डीआइजी सहकुल थापाले १५ लाख रुपैयाँ फिरौती मागेकाले पक्राउ गरेको बताए । मलेसियमा डान्सबार सञ्चालन गर्दै आएका डेविडले काठमाण्डुमा पनि रेष्टुरेन्ट सञ्चालनको तयारीमा थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement