दुर्गा प्रसाईंले दायर गरेको मुद्दाको पेसी चैत ४ गते तोकियो


काठमाण्ड-  मेडिकल व्यवसायी दुर्गा प्रसाईंले चिकित्सा शिक्षा आयोगविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले अग्राधिकार दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र विनोद शर्माको संयुक्त इजलासले टुंग्याउनुपर्ने प्रकृतिको मुद्दा भएकाले अग्राधिकार दिने आदेश दिएको हो । साथै उक्त मुद्धाको पेसी चैत ४ गते तोकिएको छ ।

मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट एलओसी पाएर संरचना निर्माण गरे पनि सरकारले अनुमति नदिएको भन्दै झापाको बीएन्डसी मेडिकल कलेजको तर्फबाट व्यवसायी दुर्गा प्रसाईंले सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement