प्रतिनिधिसभाको बैठक बस्दै,यस्ताे छ कार्यसूची


काठमाण्डु – प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) दिउँसो १ बजे बस्दैछ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा बिनियोजन बिद्येयक २०८० का सबन्धमा राष्ट्रियसभावाट प्राप्त सन्देश जानकारी गराउने कार्यसुचीमा राखिएको छ ।

यस्तै, बैठकमा कानुनमन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० पेस गर्ने कार्यसूची छ । केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि ज्ञानबहादुर शाही, प्रेम सुवाल, सोविता गौतम र सुमना श्रेष्ठबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने पनि कार्यसूची बैठकको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement