डिउटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा दुईजना पक्राउ


भक्तपुर – डिउटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

भक्तपुर महानगरपालिका-३ ग्वाछे बस्ने ३२ वर्षीय श्यामकृष्ण गोसाई र चाँगुनारायण नगरपालिका-६ नगरकोट बस्ने २७ वर्षीय संजिब ब्लोनलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हाे ।

भक्तपुर महानगरपालिका-८ च्यामासिंहमा मादक पदार्थ सेवन गरी हो-हल्ला गर्दै हिँडिरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले फेला पारी सम्झाई बुझाई गर्दा प्रहरीलाई अभद्र व्यवहार गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement