सरकारको तीन वर्षे बजेट समीक्षा : १३.४४ प्रतिशतले घट्यो पुँजीगत खर्च


काठमाण्डु – अर्थ मन्त्रालयले तीन वर्षको अर्धवार्षिक तथ्यांक सार्वजनिक गरेको छ । मुलुकको अर्थतन्त्र संकटग्रस्त अवस्थामा पुगेको चर्चा भइरहेका बेला अर्थ मन्त्रालयले सोमबार तीन वर्षको अर्धवार्षिक तथ्यांक सार्वजनिक गरेको हो ।

मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७८/०८९ को पुस मसान्तसम्म ४५ दशमलव ९१ प्रतिशत राजस्व संकलन भएको छ ।

आर्थिक वर्ष २०७६/०७७ को पुस मसान्तसम्म पुँजीगत खर्च १४ दशमलव ८९ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७/०७८ को सोही अवधिमा १४ दशमलव ४० भएको थियो । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा चार दशमलव १८ प्रतिशतले बढी हो ।

यस्तै, पुस मसान्तसम्म पुँजीगत खर्च १३ दशमलव ४४ प्रतिशत भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा शुन्य दशमलव ९६ प्रतिशत कम हो । प्रतिस्थापन बजेट ल्याउनुपर्ने आवश्यकता र मध्य असोजपछि मात्र बजेट कार्यान्वयनमा आएको कारणले पुँजीगत खर्च अपेक्षाकृत हुन नसकेको अर्थ मन्त्रालयले जनाएको छ ।

यस्तै, चालु आर्थिक वर्ष २०७८/०८९ को पुस मसान्तसम्म चालु खर्च ३८ दशमलव १३ प्रतिशत रहेकोमा वित्तीय खर्च २६ दशमलव १२ प्रतिशत रहेको छ । वित्तीय खर्च अघिल्लो वर्षको तुलनामा करिब दोब्बरले बढी भएको देखिएको छ ।

सरकारको समग्र आम्दानी तथा खर्चको पछिल्लो तीन वर्षको अर्धवार्षिक तथ्याङ्क हेर्दा आम्दानीतर्फ क्रमशः सुधार हुँदै गएको अवस्था देखिन्छ भने खर्चमा भने उतारचढावपूर्ण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement