शिक्षाका मौलिक हक कार्यान्वयनका लागि ऐन बन्छ : शिक्षामन्त्री पोखरेल


काठमार्डौ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पाँच महिनाभित्र संविधानमा उल्लेखित गरिएका शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयन गर्नका लागि ऐन बनाउ लागि परेको बताएका छन् ।

माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी)को भक्तपुरमा भएको केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा शिक्षाका मौलिक हक कार्यान्वयन गरेर शिक्षामा सबैको पहुँच पु¥याउनका लागि ऐन बनाउन लागि परेको बताएका हुन् ।

उनले शिक्षा क्षेत्रलाई जागिर खानेमात्र नभएर राष्ट्र निर्माण गर्ने थलोका रुपमा लैजानुपर्ने बताउदै उनले भने “जागिरलाई केन्द्रमा राखेर अब शिक्षा नीति नियमसमेत बन्दैन । शिक्षालाई जागिरे मानसिकताबाट टाढा राख्नुपर्छ” ।

मन्त्री पोखरेलले राजनीतिक पार्र्टीिपच्छे खोलिएका शिक्षक संगठनलाई गाभेर एउटै छाता संगठन महासंघ बनाउनुपर्ने बताए । उनले मुलुकमा समाजवाद आवश्यक रहेको औँल्याउँदै समाजवाद निर्माण गर्नका लागि शिक्षा क्षेत्रबाट अगुवाइ गरिनुपर्ने धारणा राखे ।

कार्यक्रममा अखिल (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले समाजवादी शिक्षाको आधार खडा गर्नुपर्ने भन्दै यसै आर्थिक वर्षबाट शिक्षामा २० प्रतिशत बजेट छुट्याउन आग्रह गरे ।

‘आजको समाजवाद र समाजवादी शिक्षा’ विषयक दुई दिवसीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, राजनीतिक विश्लेषक हरि रोक्का, झलक सुवेदीले प्रशिक्षण दिएका छन् । प्रशिक्षण कार्यक्रममा देशभरिका १२५ जनाको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement