काठमाण्डु- मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगी प्रकरणमा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई म्याद थपको प्रक्रिया अघि बढाउन सरकारी वकिल कार्यालय लगिएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अर्याललाई बिहीबार नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको थियो।
पक्राउपछि थप अनुसन्धानका लागि काठमाडौं ल्याइएका उनलाई शुक्रबार म्याद थपको प्रक्रिया अघि बढाउन सरकारी वकिल कार्यालय उपस्थित गराइएको हो।
सरकारी वकिल कार्यालयको प्रक्रिया पूरा भएपछि अर्याललाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने तयारी छ।
अर्यालमाथि मलेसिया जाने नेपाली श्रमिकसँग जोडिएको ठगी प्रकरणमा अनुसन्धान भइरहेको छ।
तस्बिर : प्रविण रानाभाट/नेपाल फोटो लाइब्रेरी




प्रतिक्रिया