माल्दिभ्सको संसदीय चुनावमा चीन निकट पार्टीलाई प्रचण्ड बहुमत


काठमाण्डु – माल्दिभ्सको संसदीय चुनावमा राष्ट्रपति मोहमद मुइज्जुको दलले प्रचण्ड बहुमत पाएको छ ।

कूल ९३ सिटमा भएको चुनावमा मुइज्जुको पिपल्स् नेसनल कंग्रेस (पीएनसी) ले ६६ सिट जितेको प्रारम्भिक नतिजामा बीबीसीले जनाएको छ ।

देशको संविधान संशोधन गर्न पर्याप्त हुने गरी पीएनसीले संसद्मा दुईतिहाइ बहुमत पाएको छ । पीनएनसीको पक्षमा आएको परिणामपछि चीनसँग निकट सम्बन्ध राख्ने मुइज्जुको नीति नागरिकबाट अनुमोदित भएको टिप्पणी गरिएको छ ।

चीन पक्षधर भनिएका मुइज्जु माल्दिभ्समा लामो समयदेखि पर्दै आएको भारतीय प्रभाव घटाउने पक्षमा छन् । माल्दिभ्सको यसअघिको सरकारले लिएको ‘पहिला भारत’ नीति अन्त्य गर्ने उद्देश्यसहित उनले अभियान चलाएका छन् । उनी राष्ट्रपति भएपछि माल्दिभ्समा रहेका भारतीय सेना फिर्ता गर्ने क्रम शुरु भएको छ ।

यसअघि बहुमतमा रहेको माल्दिभिअन डेमोक्र्याटिक पार्टी (एमडीपी) ले जम्मा १५ सिट जितेको छ ।

वर्षाैंदेखि रहेको भारतीय सैन्य टोलीलाई फिर्ता पठाउने मुइज्जुको निर्णयका कारण भारत र माल्दिभ्सको सम्बन्धमा समस्या देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement