काठमाण्डु – निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन परेको छ । सत्तारुढ नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला आयोगमा नेकपा (एकिकृत) पार्टी दर्ताका लागि निवेदन परेको हो ।
एमाले नेता माधव नेपालले नयाँ पार्टी खोल्ने चर्चा चलिरहेका बेला आयोगमा एमालेका युवा नेता राईले पार्टी दर्ताका लागि निवेदन दिएका हुन् । पार्टीको अध्यक्षमा राईसहित उपाध्यक्ष कल्पना गुरुङ, महासचिव विनोद खुला,सचिव ऐनविक्रम कुँवर र कोषाध्यक्ष सुशील खनाल रहेका छन् ।
राजनीतिक दल व्यवस्थापन शाखाका उपन्यायधिवक्ता गुरु प्रसाद वाग्लेले प्रक्रियामा रहेकाले दर्ता भइनसकेको जानकारी दिए । केही प्रक्रिया नमिलेका कारण सच्याएर आउन भनिएको उनले काठमाण्डुपाटीलाई जानकारी दिए ।
अनेरास्ववियुका पूर्व नेता जीवन राई अध्यक्ष रहेको पार्टीको नाम नेकपा (एकीकृत) र चुनाव चिन्ह कलम राखिएको छ ।




प्रतिक्रिया