आज राजनीतिक दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग


काठमाण्डु – निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्दैछ । बजेटमार्फत् अर्थमन्त्री प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने घोषणा गरेपछि कानूनी उपचारको तयारीमा रहेको आयोगले सर्वदलीय छलफल गर्ने भएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार शुक्रबार बिहान साढे ११ बजे बैठक बस्नेगरी राजनीतिक दलहरूलाई बोलाइएको छ । उनका अनुसार सो क्रममा जिल्ला निर्वाचन कार्यालय खारेजीसँग बिभिन्न बिषयमा छलफल हुनेछ ।

आज निर्वाचन कानुनको विधेयक, स्थानीय तहसँगको सहकार्यमा मतदाता नामावली संकलन गर्ने, विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली संकलन र राजनीतिक दलका लेखापरीक्षणको सम्बन्धलगायतमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement