निर्वाचन आयोगद्वारा समानुपातिकतर्फ ५४८ जनाको उम्मेदवारी खारेज


काठमाण्डु – निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि राजनीतिक दलहरुले बुझाएको समानुपातिक बन्दसूचीबाट ५४८ जनाको नाम खारेज गरेकाे छ ।

आयोगले समानुपातिकतर्फ दलहरुले बुझाएको बन्दसूचीमा जरिवाना नबुझाएका, उमेर नपुगेका, दोहोरो उमेदवारी परेकालगायतका कारणबाट अयोग्य भएका ५४८ जनाको नाम बन्दसूचीबाट हटाउने निर्णय गरेको आयोगले जनाएकाे छ ।

बन्दसूचीमा रहेका उम्मेदवारहरूको अन्तिम नाम कात्तिक भोलि सार्वजनिक गर्ने आयोगको कार्यतालिका छ।त्यसअघि नै ती उम्मेदवारहरूको उम्मेदवारी खारेज गरेको हो । गत असोज २ र ३ गते दलहरूले बन्दसूची पेस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement