अनुमति नलिई कर्मचारीको सरुवा नगर्न निर्वाचन आयोगको निर्देशन


काठमाण्डु – निर्वाचन आयोगले कर्मचारीको सरुवा नगर्न सरकारलाई निर्देशन दिएको छ । आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै कर्मचारी सरुवा नगर्न र सरुवा भइसकेका कर्मचारीलाई पनि तत्काल रमाना दिन सरकारलाई निर्देशन दिएको जनाएको हो ।

मङ्सिर ४ गते हुने निर्वाचन हुन लागेको अवस्थामा विभिन्न तहका सरकार तथा सार्वजनिक निकायले कर्मचारी सरुवा गरिदिँदा अस्थायी मतदाता नामावली संकलनको कार्यमा वाधा उत्पन्न हुने भएकाले आयोगले निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ।

यसले समग्र निर्वाचन व्यवस्थापनमा समेत प्रतिकूल प्रभाव पार्ने हुँदा बिहीबारदेखि आयोगको अनुमति नलिई कुनै पनि कर्मचारीको सरुवा नगर्न नगराउन निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement