राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका यस्तो छ


काठमाडौं– निर्वाचन आयोगले माघ २४ गते तय भएको राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।

 

 

आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार माघ २४ गते मतदान हुनेछ। मतदान स्थल उच्च अदालत रहेका स्थान तोकिएको छ। ती स्थानहरुमा बिहान १० बजेदेखि ३ बजेसम्म मतदानहुनेछ।

 

 

आयोगबाट प्रदेशगत रूपमा मतदाता नामावली तयार गरी निर्वाचन अधिकृतको कार्यालयमा पठाइने र दाबी विरोधलगायतका प्रक्रिया सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट सञ्चालन गरिने आयोगले जनाएको छ।

 

माघ १० गते मतदाता नामावली प्रकाशन गरिनेछ, भने ९ गते अन्तिम नामावली प्रकाशन गरिनेछ। माघ १० गते उम्मेदवारको मनोनयनपत्र दर्ता, १५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान र माघ २४ गते बुधबारको दिन मतदान गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement