सुनसरीको गहने खोलामा हात्तीको बच्चा मृत फेला

सुनसरीको गहने खोलामा हात्तीको बच्चा मृत फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सुनसरी बराहक्षेत्र नगरपालिका २ स्थित बिसआरडी गहने खोलामा जङ्गली हात्तीको छावा मृत अवस्थामा फेला परेको छ ।

गए राति जब्दी क्षेत्रबाट जङ्गलतर्फ बथानसहित जाँदैगर्दा हात्तीको छावा पानीको दलदलमा  फसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए।

बिहीबार स्थानीयले दहमा हात्तीको बच्चा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।