ऊर्जा क्षेत्रमा २१ अर्ब ४२ करोडले बजेट बढ्यो, ऊर्जा दशक मनाइने घोषणा


काठमाडौं – सरकारले ऊर्जा क्षेत्रमा करिव साढे २१ अर्ब (२५ प्रतिशत) ले बजेट वृद्धि गरेको छ। अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७५-०७६ का लागि विनियोजन गरेको बजेटमा ऊर्जा क्षेत्रमा ८३ अर्ब ८९ करोड रकम छुट्याइएको छ । जुन रकम चालू आर्थिक वर्षको तुलनामा २१ अर्ब ४२ करोड बढी हो ।

सरकारले चालु आर्थिक वर्षमा ऊर्जा क्षेत्रका कार्यक्रमका लागि ६२ अर्ब ४७ करोड छुट्याएको थियो । तर यस वर्ष सरकारले उर्जालाई प्राथमिकता दिएकाले झण्डै २५ प्रतिशतले वृद्धि गरेको हो । यसैगरी, सरकारले विस २०७५ देखि २०८५ सम्मको अवधिलाई ऊर्जा दशकको रुपमा मनाइने घोषणा गरेको छ।

सरकारले पश्चिम सेती जलविद्युत आयोजना आफै बनाउने घोषणा गरेको छ भने, बुढीगण्डकी आयोजनाको मुआब्जा वितरण गरी आयोजना निर्माण अघि बढाउने भएको छ। यसैगरी, ग्रामीण विद्युतीकरणका लागि ५ अर्ब बजेट विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ ।

राष्ट्रसेवक र विदेशमा रहेका नेपालीको लगानीमा विद्युत आयोजना निर्माण गरिने, सर्वसाधारणको लगानीमा ३ हजार मेगावाटको विद्युत योजना निर्माण कार्य पनि सुरु गरिने बजेटमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस
Advertisement