नवनियुक्त तीन राजदूतले लिए पद तथा गोपनीयताको शपथ


काठमाडौं – नवनियुक्त तीन राजदूतलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज पद तथा गोपनीयताको शपथ गराएकी छन् ।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रवार बिहान आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई ,जेनेभाका लागि स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराई र इजरायलका लागि नेपाली राजदूत अञ्जान शाक्यलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, परराष्ट्र सचिव शङ्करदाश वैरागी, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति रहेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा सितल निवासमा नवनियुक्त इजरायलको लागि राजदुत अन्जान शाक्य, युएनका लागि स्थायी प्रतिनिधी अमृत राई र जेनेभाको लागि स्थायी प्रतिनिधी मणि भटटराई लाई सफत खुवाउनुहुदै । तस्बिर :प्रदीपराज वन्त,रासस

प्रतिक्रिया दिनुहोस
Advertisement