काठमाण्डु- युरोपेली संघ (ईयू) ले विश्वका ७ वटा देशलाई ‘सुरक्षित देश’ को सूचीमा राखेको छ ।
ईयुले कोसोभो, बंगलादेश, कोलम्बिया, इजिप्ट, भारत, मोरोक्को र ट्युनिसियालाई सुरक्षित देशको सूचीमा राख्ने प्रस्ताव अघि बढाएको हो ।
धेरै राष्ट्रहरूमा शरणका लागि आएका आप्रावासनसम्बन्धी निवेदनहरू थुप्रिएको भन्दै निर्णय प्रक्रिया छिटो पार्न सकिने उपाय अत्यावश्यक भएको आयोगका आप्रवासन आयुक्त म्याग्नस ब्रुनरले बताएका छन् ।
तर मानवअधिकार संस्था युरोमेड राइट्सले सूचीमा समेटिएका केही देशहरूमा आफ्ना नागरिक तथा आप्रवासीहरूका अधिकार सुरक्षित नभएको भन्दै विरोध जनाएको छ ।
सन् २०२३ मा शरणका लागि युरोप छिर्नेहरूको संख्या दस वर्षयताकै उच्च विन्दुमा पुगेको थियो । यद्यपि सन् २०२४ मा ३८ प्रतिशतले घटेर झन्डै दुई लाख ४० हजार पुगेको थियो ।
अहिले युरोपेली संघले आदेश दिइएका मध्ये २० प्रतिशतभन्दा कम व्यक्तिलाई मात्र फिर्ता पठाउन सकेको तथ्यांक छ । पछिल्लो योजनाअनुसार केही देशहरूमा ‘फिर्ता केन्द्र’ बनाउने तयारी पनि भइरहेको छ ।
प्रतिक्रिया