कोरिया र युरोपियन युनियनका राजदूतले राष्ट्रपति समक्ष बुझाए ओहोदाको प्रमाणपत्र


काठमाण्डु – राष्ट्रपति विद्या भण्डारी समक्ष दुई देशका राजदूतले ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

आइतबार राष्ट्रपति निवास शीतल निवासमा दक्षिण कोरियाका राजदूत पार्क चोङ सुक र युरोपियन युनियन (ईयु) का राजदूत नोना डिपरेजले राष्ट्रपति भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।

उक्त कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली लगायत उच्च पदस्थ अधिकारीहरको उपस्थिति रहेको प्रवक्ता हरि प्रसाद दहालले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement