कोभिड-१९ का कारण युरोपमा मृत्यु हुनेकाे संख्या ४० प्रतिशतले वृद्धि


एजेन्सी – कोभिड -१९ का कारण युरोपमा मृत्यु हुनेकाे संख्या ४० प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य सङ्गठनले बताएको छ। सङ्गठनकी प्रवक्ता डाक्टर मार्गरेट ह्यारिसले फ्रान्स, स्पेन, युके, द नेदर्ल्याण्डस् र रुसमा गत साताको भन्दा धेरै सङ्क्रमित देखिएको र एक तिहाइले वृद्धि भएको बताएकी हुन्।

“अहिलेको चिन्ता भनेको धेरै बिरामी मानिसहरूले अस्पतालका सघन उपचार कक्षहरू भरिन थालेका छन्,“ उनले सचेत गराइन्। रुसमा एकै दिनमा ३२० जनाको मृत्यु भएर अहिलेसम्म कै सर्वाधिक संख्या बनेको छ।

अहिलेसम्म त्यहाँ कोभिडका कारण २६ हजार ५८९ जनाको मृत्यु भइसकेको छ। इटलीमा पनि मृत्यु हुनेको सङ्ख्या तीव्र रूपले बढेको छ। २४ घन्टामा मात्रै २२१ जनाले ज्यान गुमाएका छन्। यस्तै मंगलवार अस्ट्रियामा १ हजार भन्दा बढी मानिसहरूले कोभिडका कारण ज्यान गुमाएका छन्।

अमेरिका,भारत,ब्राजिलपछि कोभिड-१९ का धेरै सङ्क्रमित रुसमा रहेका छन्। मङ्गलवारमात्रै त्यहाँ १६ हजार ५५० नयाँ सङ्क्रमित देखिएपछि अधिकारीहरूले भिडभाड हुने सबै ठाउँहरूमा मास्क लगाउन अनिवार्य बनाएको छ।

इटलीमा पनि विगत २४ घन्टामा थप करिब २२ हजार नयाँ सङ्क्रमित देखिएको छ। बीबीसीको वर्ल्ड एट वान कार्यक्रममा मङ्गलवार बोल्दै प्रवक्ता ह्यारिसले भनिन्, युरोपेली क्षेत्रभर हामीले नयाँ सङ्क्रमित र मृत्यु हुनेको संख्यामा तीव्र रूपमा वृद्धि भएको देखिरहेका छौँ। उनले विगतको साताको तुलनामा दैनिक सङ्क्रमितको सङख्या एक तिहाइले र मृत्यु हुनेको सङख्या झण्डै ४० प्रतिशतले बढेको बताएकी छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement