पूर्वराजा ज्ञानेन्द्र सहभागी भारतको कुम्भ मेलामा सयौं भक्तजन कोरोना संक्रमित


काठमाण्डु – कुक्भमेलामा सहभागी सयौं भक्तजन कोरोना संक्रमित भएका छन् । कुम्भमेलाका लागि ठूलो सङ्ख्यामा मानिसहरू भेला भएको भारतको हरिद्वारमा नौ वरिष्ठ सन्तसहित सयौँ भक्तजनमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।

प्रत्येक १२ वर्षमा लाग्ने महाकुम्भ मेला दुई महिनासम्म चल्ने गर्छ । सो मेलाको एउटा मुहूर्तमा मंगलबार ३० लाखभन्दा बढी श्रद्धालुले गङ्गास्नान गरेका थिए । लाखौँ मानिसले हिजो बुधबार पनि गङ्गा नदीमा स्नान गरेका अधिकारीले बताएका छन् ।

भारतमा दैनिक कोरोना भाइरस सङ्क्रमणको दर बढिरहेको बेला तीर्थस्थलमा ठूलो सङ्ख्यामा मानिसहरू भेला भएका हुन् । सो मेलामा नेपालका पूर्वराजा ज्ञानेन्द्र साह पनि सहभागी भएका थिए । त्यहाँ पूर्वराजालाई महाराजाको मानसहित रथबाट जुलुससहित सम्मानपूर्वक शाही स्नान गराइएको थियो । कुम्भ मेलाका क्रममा शाही स्नान गर्दा अमरत्व प्राप्त हुने विश्वास छ ।

भारतमा कोरोना महामारी सुरु भएपछि हिजो अहिलेसम्मकै सबैभन्दा बढी सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा झण्डै दुई लाख जना सङ्क्रमित भएका छन् । विश्वभर महामारी फेरि उत्कर्षमा पुग्न लागेका बेला कुम्भमेला आयोजना गर्न दिइएको भन्दै आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement