पूर्वमन्त्री मथुराप्रसाद श्रेष्ठको निधन


काठमाण्डु – पूर्वस्वास्थ्यमन्त्री प्रा डा. मथुराप्रसाद श्रेष्ठको निधन भएको छ ।

लामो समयदेखि दम र छाती रोगका सङ्क्रमणको उपचारमा रहेका मानवअधिकार क्षेत्रका अगुवा ८८ वर्षीय डा. श्रेष्ठको आज बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको उनका छोरा डा. जया श्रेष्ठले जानकारी दिए ।

वामपन्थी बुद्धिजीवी श्रेष्ठ चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यतालाई अघि बढाएका थिए । विसं २०४६ मा प्रजातन्त्रको पुनर्बाहाली भएपछि बनेको सरकारमा उनी नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्री भएका थिए । उनका छ छोरा र एक छोरी छन् । उनको मङ्गलबार पशुपति आर्यघाटमा दाह संस्कार गरिनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement