नेतृत्वले स्वार्थको पछि लाग्दा नेपाली राजनीति संकटमाः भारतीय पूर्वराजदूत पुरी


काठमाण्डु – नेपालका लागि भारतका पूर्वराजदूत मञ्जीवसिंह पुरीले नेतृत्वले स्वार्थको लागि काम गर्दा नेपाली राजनीतिमा वर्तमान संकट आएको बताएका छन् ।

बुधबार दिल्लीमा आयोजित नेपालको संवैधानिक विकास पुस्तकको विमोचन गर्दै पूर्वराजदूत पुरीले नेपालमा आफ्नो फाइदाको लागि काम गर्ने सोच कायमै रहेका कारण वर्तमान राजनीतिमा संकट आएको बताएका हुन् ।

‘नेपाली राजनीतिमा पछिल्लो समय फाइदाको लागि काम गर्ने सोच कायमै छ । नेपाली राजनीतिक प्रणालीमै समस्या छ, जसले गर्दा राजनीति अस्थिर बनिरहेको छ’ उनले भने ।

पूर्वराजदूत पुरीले नेपालको अहिलेको अवस्था सिर्जना हुनुमा ‘जटिल खालको संविधान’ जिम्मेवार भएको समेत बताए । ‘नत प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणाली छ न त समानुपातिक सहभागिताको विशुद्ध व्यवस्था नै’ उनले भने ।

नेपालको पूर्वी तराई र मधेशस्थित भारतीय सीमावर्ती जिल्लाका नागरिकले आफूलाई सरकारले विभेद गरेको गुनासो गरेको बताउँदै पुरीले नेपालले परिवर्तन ल्याएको तर, उक्त परिवर्तनलाई आत्मसात गर्न राजनीति तयार नभएको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement