पूर्वउपकुलपतिसहित आठ जनालाई १६ करोडको भ्रष्टाचार मुद्दा


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपतिसहित आठ जनालाई १६ करोड १० लाख ७५ हजार ८२ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ । अख्तियारले विशेष अदालतमा उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कैद, जरिवाना र बिगो रकम असुलको मागदाबीसहित मुद्दा दर्ता गरेको हो ।

प्रतिष्ठानका पदाधिकारी तथा कर्मचारीले ऐनविपरीत बदनियतपूर्वक गैरकानुनी रूपमा आर्थिक लाभ लिई सप्लायर्स तथा आफूलाई फाइदा र प्रतिष्ठानलाई हानिनोक्सानी पुयाएको भन्दै अख्तियारले उनीहरूविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दर्ता गरेको अख्तियारका प्रवक्ता प्र्रदीप कोइरालाले जानकारी दिए ।

अख्तियारले सबैभन्दा बढी पूर्वउपकुलपति बलभद्रप्रसाद दास ९बीपी दास०ले ४ करोड ८ लाख ९८ हजार १९ रुपैयाँ भ्रष्टाचार गरेको आरोपपत्रमा उल्लेख गरेको छ । त्यसपछि अस्पतालका तत्कालीन निर्देशक अरविन्दकुमार सिन्हाले ३ करोड ७५ लाख ३० हजार ६१९, रजिस्ट्रार तुलबहादुर श्रेष्ठले ५६ लाख ७७ हजार ४०५, लेखा प्रमुख दिनेशराज दाहालले २ करोड ३४ लाख ८१ हजार ८१९, डेपुटी म्यानेजर अमित श्रीवास्तवले १ करोड ७४ लाख भ्रष्टाचार गरेको उल्लेख छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement