नेपाली सेनाले माग्यो ४ हजार ५ सय जना कर्मचारी (सूचनासहित)

नेपाली सेनाले माग्यो ४ हजार ५ सय जना कर्मचारी (सूचनासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरेको छ। शुक्रबार नेपाली सेनाको भर्ना छनोट निदेशनालयले सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा ४५ सय जना दरखास्त आह्वान गरेको हो ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले तोकिएका भर्ना छनोट केन्द्रमा उपस्थित भएर दरखास्त दिन सकिने सूचनामा उल्लेख छ।

ब.का.सि, सुचिकार, सरसफाईकर्मी, चर्मकर्मी, लोहकार, केशकर्तक, सिकर्मी, सयस र नालबन्दी पदहरूमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न सूचना जारी गरिएको छ ।

बैशाख १८ गतेदेखिआगामी जेठ १६ गतेसम्म दरखास्त दिन सकिने सेनाले जनाएको छ। इच्छुक नेपाली नागरिकले तोकिएका भर्ना छनोट केन्द्रमा उपस्थित भएर दरखास्त दिन सक्नेछन् ।