‘प्री–स्याट’ प्रश्नपत्र प्रकरणबारे छानबिन गर्न डीआईजीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन


काठमाण्डु – प्रहरी प्रधान कार्यालयले संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जान प्रहरीले लिएको आन्तरिक परीक्षा (प्री–स्याट)को प्रश्नपत्र बाहिरिएको विषयमा अनुसन्धान गर्न छानबिन समिति गठन गरेको छ ।

मंगलबार कार्यालयले प्री–स्याटको प्रश्नपत्र बाहिरिएको घटनामा अनुसन्धान गर्न डीआईजीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।

प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले प्रहरीको यूएन शाखाबाट प्रश्नपत्र बाहिरिएको आशंकामा छानबिन समिति गठन गरिएको जानकारी दिए ।

‘यूएन शाखाबाट प्रश्नपत्र बाहिरिएको आशंकामा आन्तरिक रुपमा छानबिन हुँदैछ । प्रश्न पत्र बाहिरिएपछि परीक्षा सारेर नयाँ प्रश्न पत्र निर्माण गरेर परीक्षा सञ्चालन गरेका थियौं,’ उनले भने ।

शनिवार प्रहरी प्रधान कार्यालय र ७ वटा प्रदेश प्रहरी कार्यालयबाट जवानदेखि एसएसपी सम्मका २ हजार ४ जनालाई परीक्षामा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement