काठमाण्डु- चालु आर्थिक वर्षको प्रथम १० महिनामा ८८ अर्ब २२ करोड बराबरका वस्तु तथा सामान निर्यात भएका छन् ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत आवको सोही अवधिमा ८३ अर्ब २५ करोड बराबरका वस्तु तथा सेवा निर्यात भएकाे थियो ।
चालु आवको १० महिनामा ४८ अर्ब ११ करोड बराबरको भटमासको प्रशोधित तेल पाँच अर्ब ३५ करोडको प्रशोधित सूर्यमुखी तेल तथा छ अर्ब ४२ करोड बराबरको फलफूलको रस निर्यात भएको छ ।
यसैगरी, तीन अर्ब तीन करोडका कपडा तथा दुई अर्ब २५ करोड बराबरको सिन्थेटिक यार्न निर्यात भएको छ ।




प्रतिक्रिया