गायक अधिकारीको दशैँ गीत ‘फर्क साइला’ सार्वजनिक


काठमाडौं – गायक टेक बहादुर अधिकारीको नयाँ दशैँ गीत ‘फर्क साईला’ सार्वजनिक भएको छ । एक्शन फिल्मस् प्रालिद्वारा निर्माण गरिएको उक्त दशैं गीतको म्युजिक भिडियो आईतबार सार्वजनिक गरिएको हो ।

यस गीतमा चाडपर्वमा आफ्नो गाउँ घर र परिवार सम्झेर परदेशमा आफ्नो जीवन बिताउने परदेशीहरुको पिडालाई दर्साइएको गीतमा गायक अधिकारीलाई निकै नै लोकप्रिय गायिका गीता देवीले साथ दिएकी छिन् । गीतमा शब्द गायक अधिकारीकै रहेको छ, भने लय विष्णु तामाङको रहेको छ । एरेन्ज पनि विष्णु तामाङले नै गरेका छन् ।

म्युजिक भिडियोमा नवराज राउत र समिता तामाङको अभिनय रहेको छ भने भिडियो निर्देशन, छायांकन र सम्पादन युवराज खत्रीले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement