नेपाली सेनाद्धारा ‘फास्ट ट्रयाक’ निर्माण आयोजनाको प्रगति विवरण सार्वजनिक


काठमाण्डु – नेपाली सेनाले काठमाण्डु–तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको प्रगती विवरण सार्वजनिक गरेको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय बमोजिम निर्माण व्यवस्थापनको जिम्मेवारी पाएको नेपाली सेनाले काठमाण्डु–तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको आर्थिक वर्ष ०७७/७८ को अन्त्यसम्ममा भएका प्रगति विवरण सार्वजनिक गरेको हो ।

फास्ट ट्रयाक निर्माण आयोजनाको प्रगती विवरण:

गत आर्थिक वर्ष ०७७/७८ मा ८ अर्ब ९६ करोड ८८ लाख विनियोजन भएकोमा बार्षिक प्रगति ९७.३४ % रहेको छ ।

त्यस्तै  आयोजनाको कुल अंशको थप ५.१० % काम सम्पन्न भई आयोजनाको कुल कार्यको १६.२१% प्रगति हासिल गर्ने लक्ष्य प्रक्षेपण गरिएकोमा समष्टिगत भौतिक प्रगतितर्फ १६.१० % र वित्तिय तर्फ १४.५१ % लक्ष्य हासिल भएको छ ।

सुरुङ्ग मार्ग निर्माणका लागि ईन्जिनियरिंग खरीद निर्माणमा अन्तर्राष्ट्रिय बोलपत्र आव्हान पश्चात आवश्यक प्रक्रिया पूरा गरी अन्तर्राष्ट्रिय निर्माण व्यवसायी छनौट कार्य सम्पन्न भई मिति २०७८ ज्येष्ठ ३१ गतेबाट दुवै सुरुङ्ग ठेक्का प्याकेजहरुको सुरु भई मोविलाईजेशन सहित कार्य सुरू गरिएको छ ।

सडक आयोजनाको डिजाईन तथा कन्स्ट्रक्शन सुपरभिजनको लागि अन्तर्राष्ट्रिय परामर्शदाता तथा स्थानिय विषय विज्ञहरु छनौट गरी सर्भे लगायतका कार्यहरु सुचारु गरिएको छ ।

हाल उक्त परामर्शदाताबाट Team Leader, Project Coordinator, Tunnel Engineer, Highway Engineer, Bridge Engineer, Material Engineer, Road and Safety Expert, Senior Geologist / Geotechnical Engineer हरुले काम सुरू गरेका छन् ।

आयोजनास्थलमा १४ वटा बेलिबृज जडान गर्ने योजना अनुसार ८ वटा बेलिबृज जडान गरी सञ्चालनमा ल्याईएको छ भने अन्य जडान हुने क्रममा रहेको छ । साथै पुल तथा सुरुङ्ग निर्माण कार्यको लागि आवश्यक पर्ने पहुंच मार्ग निर्माण कार्य अगाडी बढाईएको छ ।

आयोजनाको ५ स्थानमा Basic Lab Equipment जडान गरी गुणस्तर परिक्षण गर्ने कार्य गरिएको साथै अन्तर्राष्ट्रिय परामर्शदाताको परामर्श अनुसार Advance Lab Equipment  हरु समेत थप गर्ने व्यवस्था मिलाईएको छ ।

हालसम्म ९१.५ % जग्गा अधिकरण तथा मुआब्जा वितरण सम्बन्धि कार्य सम्पन्न गरिएको छ भने खोकना–बुङमति ईलाकामा रहेको जग्गा विवाद समाधान गर्न राष्ट्रिय योजना आयोगको संयोजकत्वमा समन्वय उप–समिति गठन गरी आवश्यक समन्वय तथा पहल भइरहेको छ ।

रुख कटान तथा व्यवस्थापन सम्बन्धि कार्य शतप्रतिशत रुपमा सम्पन्न गरिएको छ । रुख कटान भए अनुसार १ः२५ को अनुपातमा बृक्षारोपण गर्ने कार्य मुताविक चालु आ.ब. को आषाढ मसान्तसम्म कुल जम्मा २,४९,१६६ वटा वृक्षारोपण गरिएको छ ।

आयोजनाको समष्टिगत वातावरण प्रभाव मूल्याङ्कन तथा सुरुङ्ग मार्ग र पुल निर्माण सम्बन्धमा केही परिमार्जन भए अनुरुप पूरक वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृति भई कार्य प्रारम्भ गरिएको छ ।

राष्ट्रको विकास र समृद्धिको लागि कोशेढुङ्गा सावित हुने राष्ट्रिय गौरवको काठमाण्डु–तराई/मधेश द्रुतमार्ग सडक आयोजना कोभिड–१९ को कारण भएको ढिलाइका बाबजुद समयमै निर्माण सम्पन्न गर्ने नेपाली ससेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement