दलित एनजिओको कर्मचारी भन्दै ठगी गर्ने तीन महिला पक्राउ


कैलाली,१७ साउन- दलितमैत्री गरिवी निवारण फेडो नामक गैरसरकारी संस्थाको कर्मचारी भन्दै सयौजनालाई ठगी गरेको आरोपमा प्रहरी तीनजना महिलालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर पक्राउ परेकाहरुलाई सार्वनिक गरेको हो ।

पक्राउ परेकाहरुमा कैलालीको गोदावरी नगरपालिका ५ गेटाकी कल्पना वोगटी , कंचनपुर कृष्णपुर नगरपालिका ८ की दुर्गा भट्ट र सोही ठाउँकी सुनिता भण्डारी रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । उनले पक्राउ परेका महिलाहरुले १८१ जनाबाट १३ लाख ५० हजार रुपैयाँ ठगी गरेको बताए ।

कैलाली जिल्लाको  विभिन्न वडाहरुमा गइ गाउँगाउँमा १० देखि ३५ जनाको समूह गठन गरी प्रतिव्यक्ति फारमवापतको रकम भन्दै पाँचसय र कुखुरा पालनको धरौटी वाफत एकहजार रुपैयाँ लिने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement