फिदिम बजारमा भीषण आगलागी, दुई घर जलेर पूर्णरूपमा नष्ट


पाँचथर – पाँचथरको सदरमुकाम फिदिम बजारमा आगलागी हुँदा दुईवटा घर जलेर पूर्णरूपमा नष्ट भएका छन् । आगलागीबाट संगीता राना मगरको दुई तले घर र नजिकै रहेको कर्णकुमार थापामगरको घर नष्ट भएको प्रहरीले जनाएको छ ।

फिदिम नगरपालिकाको दमकल नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको लामो प्रयासपछि आगो नियन्त्रणमा आइसकेको छ । आगलागीबाट नजिकै रहेको एक गेस्टहाउसको छतमा पनि क्षति पुगेको छ ।

मिठाइ पसलमा खारिएको तेलबाट आगो फैलिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी नरेन्द्र कुँवरले बताए । आगलागीबाट सावित्री केरुङ योङ्याको घरमा आंशिक क्षति पुगेको छ । त्यसैगरी कर्णकुमार थापाको अर्को घर पनि आंशिकरुपमा जलेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement