विश्वकप छनोटः अर्जेन्टिना कोलम्बियासँग बराबरीमा रोकियो


एजेन्सी – फिफा विश्वकप २०२२ खेलमा लियोनल मेसीको अर्जेन्टिना कोलम्बियासँग दुइ दुइ गोलको बराबरी रोकिएको छ ।बुधबार बिहान सकिएको खेलमा कोलम्बियाले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै अर्जेन्टिनालाई बराबरीमा रोकेको हो ।

अर्जेन्टिनाले खेलको तेस्रो मिनेटमै अग्रता लिएको थियो । पहिलो हाफमा १–० गोलले पछि परेको कोलम्बियाले ५१ मिनेटमा पेनाल्टीमार्फत गोल फर्काएको थियो ।

कोलम्बियाका लागि मुरियलले गोल गरे । ६ मिनेटमा थपिएको इन्जुरी टाइमको चौथो मिनेटमा कोलम्बियाले बराबरी गोल फर्काउन सफल भयो । उसका लागि बोर्जाले गोल गरे । दक्षिण अमेरिकन छनोटमा अर्जेन्टिना अपराजित रहे पनि तेस्रो खेलमा बराबरीमा रोकिएको हो ।

अंक तालिकाको दोस्रो स्थानमा रहेको अर्जेन्टिनाले ६ खेलबाट १२ अंक जोडेको छ । शीर्ष स्थानको ब्राजिलको ५ खेलबाट १५ अंक छ । ब्राजिलले अहिले पाराग्वेसँग खेलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement