फिफा विश्वकप छनोटः आज नेपाल र जाेर्डन भिड्दै


काठमाण्डु – फिफा विश्वकप छनोट अन्तर्गत आज नेपालले जोर्डनसँग भिड्दै छ । कुवेतको जाबेर अल अह्मद रंगशालामा आज राति ९ः४५ बजेदेखि सुरु हुने खेलमा नेपालले जोर्डनसँग भिड्ने भएको हो ।

यसका लागि नेपाली टोली तयार रहेको प्रशिक्षक अब्दुल्लाह अल्मुइतरीले पत्रकार सम्मेलनमार्फत जानकारी दिए । उनले दुवै टिमका लागि जीत सहज नभएको बताए । नेपाली टोली जित्ने लक्ष्य सहित मैदानमा उत्रिने उनको भनाइ छ ।

समूह ‘बी’मा रहेको नेपालले २० जेठमा चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको थियो । त्यो जीतसँगै नेपालले ६ अंक जोडेको छ । आज जोर्डनलाई पराजित गर्न सकेमा नेपाल एसिया कप २०२३ का लागि छनोट हुनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement