रात्रिकालीन व्यवसाय र फिल्म हल बन्द गर्ने सरकारको निर्णय


काठमाण्डु- सरकारले माग १५ गते सम्मका लागि मनारञ्जन क्षेत्र बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो समय कोरोना संक्रमणदर बढ्दै गइरहेको भन्दै सरकारले माघ १५ सम्म चलचित्र हल, रात्रिकालीन सबै प्रकारका व्यवसाय र जिम हलहरू बन्द गर्ने निर्णय गरेको हो ।

त्यसैगरी मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्दै संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भीडभाड हुने क्षेत्रको बारेमा सरकारले कोभिड प्रोटोकल जारी गरेको बताएका छन् । पछिल्लो समय नेपालमा दिनहुँ कोरोना संक्रमितको संख्यामा वृद्धि भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement