हेटौंडाको ओम्याक्स फिल्म हलमा आगलागी, करौडौको क्षती


मकवानपुर –  हेटौंडाको ओम्याक्स फिल्म हलमा आगलागी भएको छ । चलचित्र विकास बोर्डका सदस्यसमेत रहेका नरेन्द्र महर्जनले हेटौंडा–४, हुप्राचौरमा सञ्चालन गरेको फिल्म हलमा आगलागी भएको हो ।

बिहानैदेखि आगलागी भए पनि अझै नियन्त्रणमा आउन सकेको छैन । आगो २ तले भवनको सबैभागमा फैलिएको छ ।जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार विद्युत्त सर्ट भएर लागेको आगो नियन्त्रणका लागि अहिले प्रयास भइरहेको छ ।

हेटौंडा उपमहानगर र आयल निगम अम्लेखगञ्जका दुई दमकलमार्फत् सुरक्षाकर्मी, स्थानीयले अहिले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । ०६५ सालमा ३ डी प्रविधि प्रयोग गरेर करिब ४ करोड लगानीमा निर्माण गरेको फिल्म हलमा करौडौंको क्षती भएको छ ।  आगलागीबाट भएको क्षतिको बाँकी विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement