चलचित्र ‘मिस्टर नेपाली’को ट्रेलर सार्वजनिक


काठमाडौं – नेपाली चलचित्र ‘मिस्टर नेपाली’को ट्रेलर सार्वजनिक भएको छ । कात्तिक २९ गतेबाट रिलिज हुन लागेको उक्त चलचित्रमा नायक भुवन केसीलाई दोहोरो भूमिकामा देख्न सकिन्छ ।

देव भुषालको कथा, पटकथा तथा संवादमा तयार भएको चलचित्रको ट्रेलरमा नायक केसीलाई भिलेनको रुपमा देखाईएको छ । निरज कँडेलको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रमा प्रेमराज दाहालको लगानी छ । यो चलचित्रमा बिष्णु सापकोटा, रवि डंगोल, कमलमणी नेपाल, नन्दु श्रीवास्तव, रीमा विश्वकर्मा लगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement