चलचित्र ‘रातो टिका निधारमा’ आजबाट प्रद्धर्शनीमा


काठमाडौं – दसैँको अवसर पारेर चलचित्र ‘रातो टिका निधारमा’ आजबाट प्रदर्शनमा आएको छ । अशोक शर्माको निर्देशन रहेको चलचित्र आजबाट देशभर एकसाथ प्रदर्शनमा आएको हो ।

चलचित्रमा कलाकारहरु साम्राज्ञी राज्यलक्ष्मी शाह, अंकित शर्मा, नीता ढुंगाना, रविन्द्र झा, वुद्धि तामाङ, जयनन्द लामा, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरी लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्मका निर्माता किरण शर्मा र कृति शर्मा रहेका छन् । वैदेशिक रोजगारीको विषयवस्तुमा आधारित चलचित्र ए.ए ग्रु अफ कम्पनीले निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement