विराज भट्टद्धारा निर्देशित पहिलो चलचित्र ‘साङ्लो’को पोष्टर सार्वजनिक


काठमाडौं – अभिनेता विराज भट्टले निर्देशन गरेको पहिलो चलचित्र ‘साङ्लो’ को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक अफिसियल पोस्टरसँगै चलचित्रको नयाँ प्रदर्शन मिति पनि घोषणा गरिएको छ ।

यसअघि कात्तिक १५ मा सार्वजनिक हुने निश्चित भएको यो चलचित्र अब महाशिवरात्रीको दिन अर्थात् फागुन ९ गते प्रदर्शनमा आउने भएको छ । यो मितिमा यसअघि नै अभिनेता द्वय दयाहाङ राई र सौगात मल्ल स्टारर चलचित्र ‘लप्पन छप्पन २’ छ । अब फागुन ९ मा ‘साङ्लो’ र ‘लप्पन छप्पन २’ भिड्नेछन् । ‘साङ्लो’ लाई विराज स्वयंले निर्माण गरेका हुन ।

सुरेश अधिकारी र राजनराज सिवाकोटीको संगीत रहेको चलचित्रमा शिवम् अधिकारीको कथा र श्री श्रेष्ठको द्वन्द्व निर्देशन छ ।
चलचित्रमा कलाकारहरु बिराज भट्ट, निकिता चाण्डक, प्रकाश शाह, कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पि. पन्तलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement