चलचित्र ‘च च हुई’ को दोस्रो गीत ‘जवानी’ सार्वजनिक


काठमाडौं – चलचित्र ‘च च हुई’ को दोस्रो गीत सार्वजनिक भएको छ । चलचित्रमा समावेश ‘जवानी’ बोलको गीत आइतबार सार्वजनिक भएको हो । उक्त आइटम गीतमा आर्यन सिग्देल र एलिशा शर्माले फिचरिङ गरेका छन् ।

गीतमा एलिसालाई हट अवतारमा देखाईएको छ भने आर्यनको पनि ग्लामर अवतारलाइ समेटिएको छ । बिनय सापकोटाको शब्द रहेको गीतमा रोशन थापा र सुमन गुरुङले स्वर दिएका छन् ।

मङ्सिर ६ मा रिलिज हुने फिल्म रोमान्टिक कमेडी जनरमा तयार भएको हो भने यसलाई एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका हुन् । लभर ब्वाइको भूमिकामा रुचाइने अभिनेता आर्यन सिग्देलले चलचित्र लालपुर्जाबाट डेब्यु गरेकी नायिका मिरुना सङ्ग अनस्क्रिन रोमान्स गरेका छन् ।

चलचित्रमा आर्यन र मिरुनासँगै भोलाराज सापकोटा, माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ल लगायतका कलाकारहरुको अभिनय छ । फिल्मलाई साम्तेन भुटियाले निर्देशन तथा सम्पादन गरेका हुन् भने छायाँकन सुशन प्रजापतिले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement