कोरोनाको असर बलिउडमा, ‘सूर्यवंशी’ को रिलिज रोकियो


एजेन्सी – बलिउड चलचित्र ‘सूर्यवंशी’ को रिलिज फेरि पोस्टपोन्ड भएको छ । भारतमा कोरोना संक्रमणको दोस्रो लहर बढेपछि निर्माण टिमले चलचित्रको रिलिज अनिश्चितकालका लागि स्थगन गर्ने निर्णय गरेको हो ।

रोहित सेट्टीद्धारा निर्मित तथा निर्देशित उक्त फिल्म ३० अप्रिल (बैशाख १७) मा प्रदर्शनमा आउने तयारीमा थियो । यसअघि पनि फिल्मको कोरोनाका कारण रिलिज रोकिएको थियो । संक्रमण बढ्न थालेपछि मुम्बईमा रात्रिकालिन कर्फ्यू लगाइएको छ भने विकेन्डमा लकडाउन घोषणा गरिएको छ ।

जसले गर्दा प्रदर्शनको तयारीमा रहेका प्रायः फिल्मको रिलिज स्थगन भएको छ । यसअघि कोरोनाका कारण ‘चेहरे’ र ‘बन्टी और बब्ली २’ ले रिलिज रोकेका थिए । अब सलमान खानको ‘राधे’ र कंगना रनावतको ‘थलाइवी’ को रिलिज पनि पोस्टपोन्ड हुने देखिएको छ ।

‘सूर्यवंशी’ रोहित सेट्टीको कप सिरिजको चौथो फिल्म हो । फिल्ममा अक्षय कुमार, कैटरीना कैफ, अजय देवगन र रणवीर सिंहको अभिनय रहेको छ । यो फिल्मले नेपालका सिनेमा हलमा दर्शकको चहलपहल बढाउने अपेक्षा गरिएको थियो । तर, कोरोनाका कारण अनिश्चितकालका लागि फिल्मको रिलिज पोस्टपोन्ड भएपछि नेपालका सिनेमा हलहरु फेरि सुनसान हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement