अमेरिकी सेनाका कमाण्डर फ्लिनले दिए प्रधानसेनापति शर्मालाई धन्यवाद


काठमाण्डु – अमेरिकी सेनाको प्यासिफिक कमाण्डका कमाण्डर जनरल चार्ल्स ए फ्लिनले प्रधानसेनापति प्रभुराम शर्मालाई धन्यवाद व्यक्त गरेका छन् ।

चार दिने नेपाल भ्रमण सकेर फर्किएका फ्लिनले सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानसेनापति शर्मालाई धन्यवाद प्रदान गरेका हुन् । साथै उनले दुई देशबीचको दशकौं लामो रक्षा साझेदारीको कदर गर्दै नेपाली सेनासँग रणनीतिक सम्बन्ध विस्तारका लागि सहयोगको अपेक्षा गरेको समेत बताएका छन् ।

अमेरिका नेपाली सेनासँग रणनीतिक सम्बन्ध विस्तार गर्न चाहान्छ । उनले त्यसका लागि समझदारी पत्रमा हस्ताक्षरका लागि पुन दवाव दिन थालेको छ । अमेरिकाले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) को मस्यौदा पठाएर उक्त सम्झौतामा हस्ताक्षर गर्न नेपाललाई दबाब दिएको हो ।

केही दिनपछि प्रधानसेनापति शर्मा र र प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाको भ्रमण गर्दैछन् । सकेसम्म प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणको समयमा उक्त सम्झौतामा हस्ताक्षर गर्ने वातावरण बनाउन अमेरिकाले नेपाललाई दबाब दिइरहेको छ ।

प्रधानमन्त्री देउवा र प्रधानसेनापति शर्माको अमेरिका भ्रमण गर्नुअघि आएका फ्लिनकाे नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement