मुलुकको अर्थतन्त्र गम्भिर मोडमा, सबै सुचक ऋणात्मक


काठमाण्डु – नेपालको अर्थतन्त्र गम्भिर मोडमा पुगेको छ । नेपाल राष्ट्रबैंकले जारी गरेको आर्थिक वर्षको पांच महिनाको आर्थिक प्रतिवेदनले मुलुकको आर्थिक अवस्था अहिलेसम्मकै नाजुक बनेको देखाएको छ ।

प्रतिवेदनमा आयात तीब्र रुपमा बढेको विदेशी मुद्रा विप्रेषण निरन्तर घटेको देखाएको छ । चालु आर्थिक वर्षको मंसिर महिनासम्म १ खर्ब ९५ अर्ब १ करोड रुपैयां शोधान्तर घाटा छ । यस्तै मुल्यवृद्धि दर पनि ७.११ प्रतिशत छ ।

मौद्रिक नितिमा मुद्रास्फीतिको दर ६.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य सार्वजनिक गरिएको थियो । तर,अहिलेको अवस्था त्यो सीमित राख्न सकिने सम्भावना कम देखिएको छ ।

 देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति थाहा पाउन यो लिंकमा क्लिक गर्नुहोस

 

प्रतिक्रिया दिनुहोस
Advertisement