फिनल्याण्डले सहयोग गरेको स्वास्थ्य सामाग्री काठमाण्डु आइपुग्यो


काठमाण्डु – फिनल्याण्डले सहयोग गरेको स्वास्थ्य सामाग्री काठमाण्डु आइपुगेको छ ।

फिनल्याण्ड सरकारले सहयोग गरेको एफएफउ टु मास्क तीन लाख ५० हजार, एन ९५ मास्क एक लाख, ग्लोब्स दुई लाख ३२ हजार ५ सय, गाउन तीस हजार, फेस मास्क २४ लाख ९८ हजार, फेस सिल्ड तीन लाख ५० हजार सहयोग गरेको छ ।

नेपालका लागि फिनल्याण्डका राजदूत पर्ट्टी एन्टीनेनले उक्त सामग्री स्वास्थ्य र जनसंख्यामन्त्री त्रिपाठीलाई हस्तान्तरण गरेकी हुन् ।

फिनल्याण्ड सरकारबाट प्राप्त समयमै सहयोगले दुवै देशका जनताबीचको लामो समयदेखि रहेको विकास साझेदारी र मित्रता झल्काउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement