त्रिपुरेश्वर आगलागीमा एक कामदारको मृत्यु


काठमाडौं– राजधानीको त्रिपुरेश्वरमा बिहीबार बेलुका आलम मेकानिकल वर्कसपमा भएको आगलागीमा एक कामदारको मृत्यु भएको छ।

 

 

आगलागीमा परी एक कामदारको ज्यान गएपनि पहिचान खुल्न नसकेको

 

 

 

महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीले जानकारी दिए।

 

 

 

घटनामा परी दुई जना घाइते भएकाम ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

 

 

प्रहरीका अनुसार आगलागीबाट करिब ४० लाख बराबरको क्षति भएको छ । काठमाडौँ र ललितपुर महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका दमकल र अग्नि नियन्त्रक टोलीले आगलागी नियन्त्रण गरेको प्रहरीले जनाएको छ।

 

 

आगलागीबाट जयन्ती पेट्रोल पम्पको स्टोरसमेत क्षति भएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement