प्रथम महिला प्रहरी डंगोलले पाईन ‘लाइफटाइम अचिभमेन्ट’ अवार्ड


काठमाण्डु – नेपाल प्रहरीले पहिलो महिला प्रहरी चैतमाया डंगोललाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले ६६औं प्रहरी दिवसका अवसरमा बुधबार डंगोललाई उक्त अवार्ड प्रदान गरेका हुन् ।

विक्रम संवत २००८ साल असार ११ गते कन्स्टेबलका रूपमा प्रहरी सेवामा प्रवेश गरेकी डंगोलले २०३९ सालमा प्रहरी सहायक निरीक्षक पदबाट अवकाश लिएकी थिइन् । उनले नेपाल प्रहरीमा ३१ वर्ष ७ महिना २२ दिन सेवा गरेकी थिइन् ।

उनी अहिले ८९ वर्ष पुगेकी छिन् । यसअघि अवकाशप्राप्त पूर्वमहानिरीक्षक र वरिष्ठ अधिकारीहरूलाई यस अवार्ड दिइँदै आइए पनि यस पटक भने अवकाशप्राप्त सहायक निरीक्षकलाई दिइएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement