परराष्ट्रमन्त्री खड्काको चीन भ्रमण : समय र स्थान अझै टुंगिएन


काठमाण्डु — परराष्ट्रमन्त्री नारायण खड्काको चीन भ्रमणको तयारी पुरा भएको छ । मन्त्री खड्का अगस्ट १० मा चीन जाने तयारी भएको स्रोत बताउंछ । चिनियां विदेशमन्त्री वाङ यीले मन्त्री खड्कालाई चीन भ्रमणको निम्तो पठाएको लामो समय भइसकेको छ ।

चिनियां दूतावासले परराष्ट्रमन्त्रालयलाई चिनियां समकक्षीसंग चीनको सान्दोङ प्रान्तको छिङ्दवामा भेटवार्ताका लागि प्रस्ताव गरेको पत्र पठाइसकेको छ । तर, नेपाली पक्षले भने चीनको छुन्दु वा कुन्मिङमा भेटवार्ताका लागि प्रस्ताव गरेको स्रोत बताउंछ ।

भ्रमणको तयारीमा दुवै देशका प्रतिनिधिहरु जुटेका छन् । तर, चिनियां विदेशमन्त्री अहिले कम्बोडियामा भएकाले मिति भने टुंगो लागेको छैन । उनि अगस्ट ७ मा स्वदेश फर्कने कार्यक्रम छ ।

त्यसपछी दुई दिन क्वारेन्टाइन बस्नुपर्ने भएकाले अगस्ट १० मा भेटवार्ता हुने सम्भावना कम छ । त्यो अवस्थामा भ्रमणको मिति एक दुई दिन पछि सर्न सक्ने सम्भावना समेत छ । यद्यपी त्यसको टुंगो भने अझै लागेको छैन् ।

चिनियां पक्षले नेपाली पक्षलाई चार्टड विमानमा परराष्ट्रमन्त्रीलाई छिङ्दवामा आउन आग्रह गरेको छ । तर, नेपाली पक्षले भने छेन्दु र कुन्मिङमा नियमित उडान भएकाले त्यहां नै बैठक गर्न आग्रह गरेपनि टुंगो भने लागेको छैन ।

अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइनवान भ्रमण गरेपछी अमेरिका र चीनबीच तनाव बढेको छ । परराष्ट्रमन्त्री खड्काको चीन भ्रमण दुई दिनसम्म हुने जनाइएको छ ।

परराष्ट्रमन्त्रालयले आज पत्रकार सम्मेलनको आयोजना गरेर मन्त्री खड्काको भ्रमणबारे जानकारी दिने सम्भवना छ । ताइवान प्रकणरमा चीन अमेरिकाबीच तनाव बढिरहेका बेला चिनियां राजदूत होउ यान्छीले ताइवानबारे नेपालको अडान कायमै रह्ने विश्वास व्यक्त गर्दै वक्तव्य नै जारी गरेकी थिईन ।

उनले नेपालले लिएको एक चीन नीतिप्रतिको प्रतिवद्धता कायमै रहने भन्दै वर्तमान सरकारको विदेश नीतिप्रति आशंका गरेकी थिईन । यहि विचमा पश्चिमा मुलुकसंग नजिक ठानिएका अरुण सुवेदीलाई सरकारले प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार नियुक्त गरेको छ । सुवेदी चीनप्रति आक्रमण मानिन्छन् ।

परराष्ट्रमन्त्री खड्कालाई चिनियां विदेशमन्त्रालयले पटक पटक निम्ता गरेपनि उनि चीन जान मानेका थिएनन् ।

तर, चीनबाट भने यो वर्षमात्रै विदेशमन्त्री वाङ र चिनियां कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओको नेपाल भ्रमण भएको थियो । मन्त्री खड्कामाथि सन्तुलित सम्बन्ध राख्न नसकेको आरोप लागिरहेको बेला उनको चीन भ्रमण हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement