परराष्ट्रमन्त्री साउन २४ मा चीन जाने, २५ मा चिनियां विदेशमन्त्रीसंग भेटवार्ता तय


काठमाण्डु — परराष्ट्रमन्त्री नारायण खड्काको चीन भ्रमणको टुंगो लागेको छ । परराष्ट्रमन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै मन्त्री खड्काको भ्रमण अगस्ट ९ देखि ११ सम्म हुने जनाएको छ । चिनियां विदेशमन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री खड्का चीन जाने तय भएको हो ।

परराष्ट्रमन्त्रालयले चीनको सान्दोङ प्रान्तको छिङ्दवामा दुवै नेताबीच अगस्ट १० मा भेटवार्ता हुने जनाएको छ । मन्त्री खड्का अगस्ट ११ मा स्वदेश फर्कनेछन् । परराष्ट्रमन्त्री खड्कालाई चिनियां विदेशमन्त्रालयले पटक-पटक निम्ता गरेपनि उनि यसअघि चीन जान मानेका थिएनन् ।

तर, चीनबाट भने यो वर्षमात्रै विदेशमन्त्री वाङ र चिनियां कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओको नेपाल भ्रमण भएको थियो । मन्त्री खड्कामाथि सन्तुलित सम्बन्ध राख्न नसकेको आरोप लागिरहेको बेला उनको चीन भ्रमण हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement