शुक्रबार संसद भवन अगाडि बृहत प्रदर्शन गर्दै महासंघ


काठमाडौं – संसद्मा दर्ता भएको मिडिया काउन्सिल विधेयकविरुद्ध भोलि शुक्रबार नेपाल पत्रकार महासंघले बृहत प्रदर्शन गर्ने भएको छ ।

पहिलो चरणको आन्दोलनको अन्तिम दिन शुक्रबार मध्यान्ह १२ः०० बजे नयाँबानेश्वरस्थित संसद भवन अगाडि बृहत प्रदर्शन गर्ने महासंघले जनाएको छ । यस्तै, जिल्लाहरुमा पनि सदरमुकाममा सञ्चार साधनसहित प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।

सो विधेयकसहितका कानूनहरुमा रहेका केही प्रावधानले स्वतन्त्र प्रेसको अभ्यासलाई नियन्त्रण गर्ने ठहर गर्दै नेपाल पत्रकार महासंघ आन्दोलित हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement