पुर्व राजदूत झाको बबरमहलमै हत्या


काठमाडौं – पूर्वराजदूत केशव झाको अाफ्नै निवासमा हत्या भएको छ । काठमाडौं प्रहरी प्रमुख बसन्त लामाले ८० वर्षीय झा बबरमहलस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएको जानकारी दिए ।

झाको टाउको र घांटीमा चोट लागेको छ । उनको घरेलु हतियार प्रयोग गरेर हत्या भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । घटनास्थलमा प्रहरी पुगिसकेको छ । घरमा झाकी श्रीमती र सुरक्षा गार्ड रहेको प्रहरीले जनाएको छ । झा बसेको कोठा बिहान अबेरसम्म नखुलेपछि परिवारले नै प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उनीहरुसंग सोधपुछ जारी राखेको छ ।

झाले परराष्ट्र सेवामा ३४ बर्ष बिताएका छन्। झा फ्रान्सका लागी नेपाली राजदूत भएका थिए । झाका छोरा र बुहारी शनिवार मात्र आयरल्याण्ड गएका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement