फुटबलका अद्भूत मैदानहरू (तस्बिरमा)

फुटबलका अद्भूत मैदानहरू (तस्बिरमा)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- फुटबल संसारकै अत्याधिक लोकप्रिय खेल हो । पश्चिमा देशहरूमा उत्पन्न भई स्थापित संस्कृतिबाट विकसित भएको फुटबल २१ औं शताब्दीमा आइपुग्दा सर्वव्यापी बनेको छ ।

आज आधुनिक फुटबलको दायरा फराकिलो भइसकेको छ । फुटबलको लोकप्रियतासँगै व्यापारिक प्रायोजन, राजनीतिक प्रभाव र आर्थिक वर्चश्व पनि बढेको छ । त्यसैले फुटबल आज सबै देशको संस्कृति पनि बनेको छ ।

प्रायः फुटबल खुला चौर, मैदान या रंगशालामा खेलिन्छ । तर शहरमा खुलास्थानको अभावमा फुटशल बनाएर पनि फुटबल खेल्ने गरिन्छ । नेपालमा त मैदानको अभावमा खेत र हिलोमा पनि फुटबल खेल्ने गरिएको दृश्य बेलाबखत चर्चामा आउने गर्छ ।

विश्वमा फुटबल खेल्न अनेकौं रंगशालाहरू बनाइएको छ । तर यहाँ केही यस्ता रंगशालाहरूको चर्चा गरिएको छ, जुन आफैमा लोभलाग्दो र आकर्षक छ । फुटबल खेल्ने अनौठो, आकर्षक र अद्भूत मैदानको बारेमा चर्चा गरिएको छ ।

थाइल्याण्डको फांगनगा खाडीमा प्लास्टिकबाट बनेको फुटबल खेल्ने मैदान बनाइएको छ । यसको प्लास्टिकभित्र हावा भरिएको छ । सन् १९८६ को विश्वकप फुटबल पछि यस्तो खालको मैदान बनाइएको हो ।

ब्राजिललाई फुटबलको राजा नै मानिएको छ । यहाँका हरेक घरमा फुटबल प्रेमी छन् । दक्षिण अफ्रिकी देश ब्राजिलमा फुटबल संस्कृति र सामाजिक जीवनको एउटा हिस्सा नै बनेको छ । सीमित स्थानको अभावमा बस्ती भित्र फुटबल खेलिन्छ, जसलाई स्थानीय भाषामा फावेला भनिन्छ ।

नर्वेको हेनिंग्सवायरमा सानदार रंगशाला बनाइएको छ । हेनिंग्सवायर सानो गाउँ हो, जहाँका अधिकांश बासिन्दा माछा मार्ने काम गर्छन् । तर यो रंगशालामा नियमित खेल हुन्छ ।

यो हो जापानको रूफटप रंगशाला । यो रगंशाला राजधानी टोक्योमा छ । यो रगंशालालाई टोक्सो सुपरमार्केटको छतमाथि बनाइएको छ । यसको निर्माण २००२ मा भएको हो । बललाई रोक्न यसको चारैतिर जाली लगाइएको छ ।

सिंगापुरको मरीनामा बनेको यो रंगशाला अद्भूत छ । यो खाडीको बीचमा बनाइएको छ, जसको चारै तिर पानी छ । यो रंगशाला पानीमा तैरिरहेको जस्तो देखिन्छ ।

स्वीटजरल्याण्डको पडाडको चुचुरोमा अवस्थित यो रंगशाला पनि बेजोड छ । यहाँबाट आल्पस पहाडको आनन्द लिन सकिन्छ । यो समुद्री सतहबाट २००० मिटर उचाइमा छ ।

बोलेभियाको ला पाज शहरको ठिक बीचमा लिबेर्टाडोर सिमोन बोलिबार रंगशाला छ । यसको वरिपरी घरैघर छ ।