फुटबल खेल्न उदेन पुगेका कप्तान अस्टोरीकाे होटलमा मृ्त्यु


काठमाडौं-  इटालीको फ्योरेन्टिना फुटबल कल्बका कप्तान ३१ वर्षीय डेभिड अस्टोरीको निधन भएको छ ।

शनिबार राति होटलको कोठामा उनको मृत्यू भएको फ्यायोरेन्टिना कल्बले जनाएको छ ।

आइतबार आफ्नो वेबसाइटमार्फत कप्तान डेभिडको मृत्युबारे फ्योरेन्टिना फुटबल कल्बले जानकारी दिएको छ । क्लबले ट्वीटमार्फत पनि उनको मृत्यु भएको जनाएको छ ।

डेभिडको मृत्यु यही कारणले भएको स्पस्ट नभएपनि ह्दयघातको कारण हुन सक्ने अनुमान इटालिका सञ्चारमाध्यमले गरेका छन् ।
डेभिडले एसी मिलनबाट आफ्नो क्यारिअर सुरु गरेका थिए । डेभिडकी २ वर्षीय छोरी छिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement